आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ: अभिनेत्री रीमा विश्वकर्मा
पाेखरा | माघ ५, २०८१
पोखरा: मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टहरुको प्रमुख स्टोर पोखरामा सुरु भएको छ । शनिबार अभिनेत्री रीमा विश्वकर्माले कुमारी ब्युटीको पोखरा स्टोर्सको औपचारिक उद्घाटन गरिन् ।
सन् २०२१ बाट सुरु भएको कुमारी ब्युटीले ४० प्रकारका प्राकृतिक तथा हस्तनिर्मित सौन्दर्यसम्बन्धी प्रडक्टहरु उत्पादन गरेको सञ्चालक भट्टराईले बताइन् । ‘हामीसँग बाथबम्ब्स्, कस्मेटिक्स, साबुन, मैनबत्ती लगायत सौन्दर्यसम्बन्धी सामाग्रीहरु छन्, यो प्राकृतिक, हस्तनिर्मित र छालामैत्री पनि छ,’ भट्टराईले भनिन् ।
कार्यक्रममा अभिनेत्री रीमा कुमारी ब्युटीकै मेकअपमा सजिएर आएकी थिइन् । संचारकर्मीसँग कुराकानीका क्रममा उनले सुरुमै ठट्यौली शैलीमा सोधेकी थिइन्, ‘म कस्ती देखिएकी छु ?’ सौन्दर्यसम्बन्धी प्रडक्ट प्रयोग गर्दा त्यसबारे ज्ञान हुन एकदमै जरुरी रहने उनको भनाई थियो । ‘म प्राकृतिक पदार्थ भएको प्रडक्ट प्रयोग गर्न रुचाउँछु,’ उनले भनिन्, ‘कुमारी ब्यूटीको प्रडक्टमा मैले त्यो पाएँ । जहिल्यै पनि नयाँ प्रडक्ट प्रयोग गर्दा एलर्जी आउने या छालामा समस्या देखाउने हो कि भन्ने डर हुन्छ तर यसमा त्यस्तो भएन । मेरो स्कीनलाई यो उपयुक्त रहेछ । ’
मान्छेको सौन्दर्य कहिल्यै पनि उसको नियन्त्रणमा नहुने रीमाको तर्क थियो । ‘सौन्दर्य भन्ने चिज जति नै प्रयत्न गरेपनि यो हाम्रो नियन्त्रणमा रहिरहँदैन,’ उनले भनिन्, ‘तर, आफूलाई कसरी सुन्दर महसुस गराउने भन्ने प्रक्रियामा हामी केन्द्रित हुनचाँही सक्छौं ।
त्यसका लागि आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना हुन एकदमै जरुरी हुन्छ । कुमारी ब्युटीको प्रडक्ट उत्पादन गर्दा शोभाजीले आफ्नो बुद्धिमता र मन दुवै लगाउनुभएको रहेछ । आफूले के प्रयोग गरिरहेको छु भन्ने कुराको ज्ञान राख्न रुचाउने मान्छेहरुलाई कुमारी ब्युटीको प्रडक्ट मनपर्न सक्छ । ’क्यानाडामा उत्पादन हुने कुमारी ब्युटीका प्रडक्टहरुले पोखराका बाराही चोकमा स्टोर खोलेर देशभरी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

